चितवन, माघ २

ताोकिएकै मितिमा संबिधान निर्माणको माग गर्दै प्रेस चौतारी चितवनले स्थानिय प्रशासन मार्फत सभाध्यक्ष र सभासदहरुलाई खवरदारी पत्र पठाएको छ । आज प्रशासन कार्यालयमा चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले प्रशासकिय अधिकृत शेषकान्त पौडेललाई खवरदारी पत्र हस्तान्तरण गर्नुभयो । पत्रमा माघ ८ मा संबिधान जारी गर्ने अवस्था टर्दै गएकाले जनताको अभिमतलाई सम्मान गर्दै तोकिएको मितिमा काम सम्पन्न गर्ने दिशामा संविधान सभा अघि बढ्नुपर्नेमा जोडदिइएको छ । दिनरात नभनी छलफलमा जुटेर जनभावनाको कदर गर्न भन्दै प्रेस चौतारीले खवरदारी पत्र संगै दाल, चामल, तेल, नुन र बेसार पनि पठाएको छ । सांकेतिक रुपमा दवाव सिर्जना गर्न पनि खाद्यान्न पठाइएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । सो क्रममा पत्रकारहरुले प्रशासनमा एक घण्टा धर्ना समेत दिएका थिए । कार्यक्रमलाई संवोधन गर्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले संबिधान निर्माणका लागि अव सवैले दवाव दिनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नारायणी अञ्चल अध्यक्ष तीलकराम रिमालले जनताको भविष्य संग जोडिएकाले संविधान निर्माणमा बिलम्व गर्न नहुनेमा जोड दिनुभयो । धर्नामा जिल्लाका ३ दर्जन पत्रकार र मानवअधिकारकर्मी सहभागी थिए ।
Tagged with
Local News
पुस २० – बलिउड अभिनेता सलमान खानको घर अगाडि तमिल संगठनले प्रदर्शन गरेका छन् । तमिल संगठनले आइतबार सलमानको मुम्बइमा रहेको ग्यालेक्सी अपार्टमेन्टको बाहिर प्रदर्शन गरेका हुन् । उनीहरुले सलमानले श्रीलंकामा गएर राष्ट्रपति महिन्दा राजपाक्षेको पक्षमा चुनाव प्रचार प्रसार गरेको विरोधमा प्रदर्शन गरेका हुन् । सलमान केही दिनअघि अभिनेत्री ज्याकलिन फर्नान्डेजसँगै राजपाक्षेको चुनाव प्रचारका लागि श्रीलंका गएका थिए । श्रीलंकामा यही जनवरी ८ मा राष्ट्रपति निर्वाचन हुँदैछ । डिएमके पार्टीका प्रवक्ता टिकेएस इलांगोवनले सलमानलाई कसाईको संज्ञा पनि दिनुभयो । श्रीलंकामा भारतीयप्रति राम्रो व्यवहार नभएको र भारतकै अभिनेता गएर चुनाव प्रचार गर्नु कसाई बराबर भएको इलांगोवनले बताए ।
प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ भने सलमानको घर वरपर सुरक्षा बढाइएको छ । प्रदर्शनकारीहरुले सलमानको कुनै पनि चलचित्र तमिलमा रिजिल गर्न नदिने बताएका छन् ।
Tagged with
Entertainment
कराची, १ माघ ।
पाकिस्तानमा गत महिना मात्र ल्याइएको मृत्युदण्डको कानुनपछि महिना दिनभित्रै १७ जनालाई मृत्युदण्ड दिइएको अधिकारीहरुले बताएका छन् ।
प्राप्त पछिल्लो समाचारमा जनाइएअनुसार पाकिस्तानमा बिहीबार मात्र पनि एकजनालाई झुन्ड्याएर मारिएको छ । सो दण्डपछि त्यहाँ यस्तो कारबाही पाउने व्यक्तिको सङ्ख्या १७ पुगेको हो ।
त्यहाँ गत मङ्गलबार मात्र सातजनालाई मृत्युदण्ड दिइएको थियो । आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको मुद्दा खेपिरहेका ती सातजनालाई मङ्गलबार मृत्युदण्ड दिइएको बताइएको छ ।
बिहीबार यो झुन्ड्याएर मृत्युदण्ड दिइएका व्यक्ति पनि आतङ्ककारी क्रियाकलापमा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेका अधिकारीले जनाएका छन् । योसहित पाकिस्तानमा गएको महिनादिनमा मात्र मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १७ पुगेको समाचारमा उल्लेख गरिएको छ ।
गएको डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा रहेको एक सैनिक विद्यालयमा पाकिस्तानी तालिवानहरूले आक्रमण गरी १३४ जना साना बालबालिकासहित १५० जनाको हत्या गरेको घटनापछि त्यहाँको सरकारले मृत्युदण्डसम्बन्धी कानुन पुनः ल्याइएको हो ।
पाकिस्तानमा गएको छ वर्षदेखि प्रतिबन्ध लगाइएको मृत्युदण्डको कानुन गत महिनादेखि पुनः पाकिस्तानी प्रधानमन्त्री शरिफले खुला गर्नुभएको बताइएको हो ।
विद्यालयमा अध्ययनरत बालबालिकामाथि नै यो जघन्य अपराध गरेपछि पाकिस्तान सरकारले यस्ता आतङ्कवादी क्रियाकलापमा संलग्न हुने व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने गरी कानुनमा संशोधन गरेको हो ।
पाकिस्तानमा प्रतिबन्धित एक आतङ्कवादी सङ्गठन लस्कार एक जाङ्भीसँग आवद्ध मोहम्मद सइदलाई बिहीबार पाकिस्तानको कराचीमा रहेको केन्द्रीय जेलमा झुन्ड्याएर मारिएको नाम नबताउने सर्तमा एकजना अधिकारीले बताएका छन् । रासस/एएफपी
Tagged with
International
पुस २९ ।
भारतको उत्तरप्रदेशमा विषाक्त रक्सी सेवन गर्दा १४ जनाको ज्यान गएको छ । एकसय भन्दा धेरै विरामी भएका छन् । लखनउको छिमेकी जिल्ला उन्नावमा विषाक्त रक्सी खाँदा यस्तो घटना भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अुमान गरिएको छ । विषाक्त रक्सीको कारोबार भैरहँदा पनि लापरबाही गरेको भन्दै त्यहाँको सरकारले भन्सार विभागका १३ जना कर्मचारीलाई निलम्बन गरेको छ भने भन्सार प्रमुखलाई कार्वाही गर्न सिफारिस गरेको छ ।
Tagged with
International
माघ १
अमेरिकाको टेक्सास राज्यमा कैदी बोकेको बस र रेल ठोक्किँदा १० जनाको ज्यान गएको छ । बस अनियन्त्रित भई रेलसंग ठोक्किएको बिबिसीले जनाएको छ । बसमा १२ जना कैदी र ३ प्रहरी सवार थिए । दुर्घटनामा घाइते भएका ५ जनाको स्थानिय अस्पतालमा उपचार भैरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
Tagged with
International
१ माघ, काठमाडौ । ‘चीनमा ‘ड्रागन’को एउटा लोक कथा छ, । नेताज्यूहरुका लागि ‘माघ ८’ पनि त्यही चिनियाँ ड्रागनजस्तै भयो’ सभामुख सुवासचन्द्र नेम्वाङले सिंहदरबारमा शीर्ष नेताहरुलाई ड्रागनको कथा सुनाउँदै केही दिनअघि सोधेका थिए,’ तपाईहरु माघ ८, माघ ८ भन्दै हिँड्नुहुन्छ, तर साँच्चैको माघ ८ आउनै लाग्दा किन फड्दुल भाग्नुहुन्छ ? प्रमुख दलका एक नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सभामुख नेम्वाङले शीर्ष नेताहरुसँगको छलफलमा ड्रागनको कथा यसरी सुनाएका थिए- ‘चिनियाँ आकाशमा ठूलो ड्रागन उडिरहेको थियो । उसले तल मानव वस्तीभरि ड्रागनका तस्वीर र पोष्टरहरु देख्यो ।
भित्तामा पनि ड्रागनका ठुल्ठुला तस्वीरहरु थिए । मान्छेको घरमा भित्तामा र सुत्ने ठाउँमा पनि ड्रागनका चित्रै चित्र थिए । यो सबै देखिसकेपछि ड्रागनलाई लाग्यो, म त मान्छेको वीचमा साह्रै लोकप्रिय पो रहेंछु ।
मान्छेको वस्तीमा आफ्नो लोकप्रियता देखिसकेपछि साँच्चैको असली ड्रागन आकाशबाट तल जमीनमा ओर्लियो । तर, बडेमान ड्रागन वस्तीमा ओर्लिनासाथ मानिसहरु फड्दुल भाग्न थाले । यो दृश्य देखेर साँच्चैको ड्रागन आश्चर्यचकित भयो । सभामुखले यस्तो कथा भनेर नेताहरुलाई व्यंग्य गरेको एक नेताले बताए । दलका नेताहरुको बोलिमा माघ ८ थेगोजस्तो भए पनि माघ ८ को मिति नजिकिँदै जाँदा नेताहरु भाग्न खोजिरहेको नेम्वाङले संकेत गरेको ती नेताले बताए ।
जनता सबैलाई कुट्न ठीक परेका छन्
यसैवीच माघ ८ नजिकँदै गर्दा सबै दलका शीर्षनेताहरु जनताबाट असुरक्षित हुन थालेका छन् । ‘जनताले सबैलाई एकै ठाउँमा राखेर कुट्न खोजिरहेका छन्, तर तपाईहरुचाँहि कोठाभित्र पसेर बाझाबाझ गरिरहनुभएको छ, सभामुखको भनाइ उधृत गर्दै एक नेताले भने- ‘माघ ८ आउनै लागिसक्यो, तपाईहरु भने अहिले वार्तामै बस्न छाड्नुभएको छ, जनताले सबैलाई छाड्दैनौं भनिरहेका छन् ।’
Tagged with
National
चितवन, माघ १ ।
माघी पर्वको रौनक जताततै रहँदा चितवनको नारायणी नदी किनार प्रदर्शनी मैदानमा भने आज (विहीबार) छुट्टै रौनक थियो । जारी १० औं चितवन महोत्सवमा दर्शकहरु साँस्कृतिक माहोलमा झुमे । चर्चित गायिका मिलन अमात्य र गायक सुनिल गिरीको प्रस्तुतीले दर्शकले माघी महोत्सवमै मनाए । दिउँसो करिव पौने तीन बजे गायिका मिलन स्टेज चढेपछि हुटिङको वर्षा नै भयो । अहिले सम्मकै सर्वाधिक दर्शकले भरिभराउ भएको महोत्सवमा हुटिङको कुनै कमी नै थिए । आफ्नो एल्बमबाट ‘परदेशी परदेशी’ बोलको गीत प्रस्तुत गरेपछि महोत्सवमा दर्शक झुम्न सुरु गरेका थिए । उनले ‘शिरिमा शिरिमा कान्छा’ , हुँदै चलचित्रका गीतहरु ‘गाला रातै’, ‘स्लोली स्लोली’ ‘कहिले माया स्याड फेस, कहिले माया ब्याड फेस’ लगायत आधा दर्जनभन्दा बढि गीत गाउँदा दर्शको भुईमा खुट्टा नै थिएन । उनीहरुले उफ्रिदै गायिका मिलनलाई साथ दिए ।
दर्शकहरु बढि उफ्रिन थालेपछि उनीहरुलाई सम्हाल्न आयोजकलाई हम्मे हम्मे परेको थियो । मिलन स्टेज ओर्लिएको केही समयमै अर्का चर्चित गायक सुनिल गिरी स्टेज चढेपछि दर्शकहरुले विश्राम नै लिन पाएनन् । उनले ‘को होला त्यो म संग आँखा जुधाउने’ बोलको गीत गाउँदै स्टेज तताएका थिए । उनको गीतमा पनि दर्शकले उत्तीनै साथ दिए । गायक सुनिलले अर्को ‘देउराली भञ्ज्याङ’ बोलको गीत समेत गाएका थिए ।
महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत पूर्वी चितवनको रत्ननगरको मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुले मार्मिक गीत प्रस्तुत गरेका थिए । उनीहरुको गीतमा समेत दर्शकले ताली बजाएर मनोरञ्जन लिएका थिए । यसैगरि आजै नारायणी कलामन्दिरको बेजोड साँस्कृतिक प्रस्तुतीसंगै विभिन्न जातजातिको प्रस्तुती समेत भएको साँस्कृतिक समितिका संयोजक नारायण प्रधानले जानकारी दिए ।
यसैबीच महोत्सव अन्तरगत आजै भएको लोकदोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन (ख) तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानको लागि भएको भिडन्तमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई पछि पार्दै चितवन तेस्रो स्थान ओगट्न सफल भएको छ । गोरखा भने सान्त्वना स्थानमा चित्त बुझाउन बाध्य भयो । यसैगरि प्रतियोगिताको उपाधिका लागि भोली (शुक्रबार) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र रुपन्देही भिड्ने साँस्कृति समितिका संयोजक नारायण प्रधानले जानकारी दिए ।
भोलीको आकर्षण
जारी महोत्सव अन्तरगत भोली (शुक्रबार) कृषि प्रदर्शनी तथा फार्म प्रतियोगिताको पुरस्कार वितरण समारोह विहान ११ बजे हुँदै छ । यस्तै उद्योग बाणिज्य संघको सभाहलमा विहान ११ बजे सुचना र प्रविधि सम्वन्धी सेमिनार हुने आयोजकले जनाएको छ ।
Tagged with
Local News
चितवन, माघ १ ।
चितवनको विकट लोथर ९ स्थित नेपाङलोउमा बुधवार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । खर काट्न गएका २८ वर्षीय गञ्जलाल चेपाङको भीरबाट लडेर मृत्यु भएको हो । जेरबाङ भीरमा खर काट्न विहान ९ बजेका गएका उनलाई साँझ मृत अबस्थामा फेला पारिएको चेउदीङस्थित राष्ट्रिय प्राविका प्रधानाध्यापक अरुण चेपाङले टेलिफोन मार्फत जानकारी दिएका छन् ।
Tagged with
Local News