दुई तिहाइ बहुमतको प्रक्रिया अगाडि बढाउन माग गर्दै ४ सय १३ जना सभासद्को हस्ताक्षर

Posted by Crystal Filmy on Friday, January 16, 2015 | 0 comments


माघ २ गते 
नेपाली कांग्रेस र नेकपा एमालेका सभासद्हरुले दुई तिहाइ बहुमतको प्रक्रिया अगाडि बढाउन माग गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ४ सय १३ जना सभासद्को हस्ताक्षर बुझाएका छन । कांग्रेस र एमालेसहित विभिन्न ११ वटा दलका ४ सय ११ र दुई जना स्वतन्त्र सभासद्को हस्ताक्षर आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाइएको हो । यो संख्या संविधान जारी गर्नका लागि आवश्यक भन्दा बढी हो ।नेम्वाङलाई बुझाइएको हस्ताक्षरपत्रमा कांग्रेस, एमाले, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपाली जनता दल, अखण्ड नेपाल र जनजागरण पार्र्टीका सभासद्हरुले हस्ताक्षर गरेका छन । सहमतिको नाममा दुई तिहाइ वहुमतको प्रक्रिया रोक्न नहुने र माघ ८ गते नै संविधान जारी गरिनुपर्ने हस्ताक्षरकर्ता सभासद्हरुको माग छ ।राष्टिय जनमोर्चाका सभासद् चित्रबहादुर केसीले सभासद्हरुको हस्ताक्षर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउनुभयो । प्रधानमन्त्री सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका काँग्रेस र एमालेका आठ जना शीर्ष नेताले हस्ताक्षर गरेका छैनन ।  हस्ताक्षर अभियानका अगुवा प्रकाश ज्वालाले विवादित विषयमा सहमतिको प्रयास पनि जारी राख्नुपर्ने भएकाले शीर्ष नेताहरुको हस्ताक्षर नगराइएको बताउनुभयो ।हस्ताक्षर वुझ्दै सभामुख सुबासचन्द्र नेम्वाङले अब संबिधानसभाले दलहरुको सहमति पर्खिएर नबस्ने बताउनुभयो ।सभामुख नेम्वाङले संबिधानसभा प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभयो ।

0 comments for "दुई तिहाइ बहुमतको प्रक्रिया अगाडि बढाउन माग गर्दै ४ सय १३ जना सभासद्को हस्ताक्षर"

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor