मध्यमाञ्चल र पुलिस सेमिफाइनलमा
Posted by Crystal Filmy on Saturday, September 20, 2014 | 0 comments
भरतपुर, आश्विन ४ - नारायणगढको क्याम्पाचौरमा जारी वेस्टर्न युनियन महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको समूह 'क' को खेलमा मध्यमाञ्चल महिला फुटबल टिम र नेपाल पुलिस विजयी भएका छन् ।
मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३-० ले पराजित गर्यो । त्यस्तै पुलिसले पूर्वाञ्चललाई ४-० ले हरायो । दुवै टिमले जितसँगै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो चरणको खेलमा विजयी भएको मध्यमाञ्चलका लागि एलिसा जिम्बा, सपना बस्नेत र रोजनी माझीले १/१ गोल योगदान गरेका थिए ।
मध्यपश्चिमाञ्चलका प्रशिक्षक सानु तामाङले टिम हारे पनि राम्रो प्रदर्शन गरेको बताए । 'पाएको ३/४ वटा मौकालाई सदुपयोग गर्न चुक्यौं,' उनले भने, 'पुराना गल्तीलाई सुधार गर्दै आफूभन्दा बलियो टिमलाई राम्रो फाइट दियौं ।' जिते पनि मध्यमाञ्चलका प्रशिक्षक शेरबहादुर दर्लामीले भने, 'खेलमा टिमले गरेको प्रदर्शन सन्तोषजनक भएन ।' किपर मीना बिसीले विपक्षी टिमको सबै प्रहार विफल पारेको उनले बताए । नेपाल पुलिसका लागि नीरु थापाले २, निर्मला सुनार र यशोदा लामाले १/१ गोल गरे ।
खेलको सुरुवातदेखि नै दुवै टिम आक्रामक रूपमा प्रस्तुत भएका थिए । करिब १५ मिनेटको आक्रमणमा नेपाल पुलिसले आफूलाई सम्हालेको थियो ।
लयमा आएको पुलिसका निर्मला सुनारले २६ औं मिनेटमा गोल गर्दै खेललाई १-० को स्थितिमा ल्याइन् ।
गोल खाएर धैर्यता गुमाएको पूर्वाञ्चलविरुद्ध पुनः पुलिसकी नीरु थापाले ३६ औं मिनेटमा गोल थप्दै खेललाई २-० को स्थितिमा पुर्याइन् ।

0 comments for "मध्यमाञ्चल र पुलिस सेमिफाइनलमा"
Leave a reply