उठायो त ‘विर्खे’ले लगानी ?
Posted by Crystal Filmy on Thursday, September 18, 2014 | 0 comments
कमेडी चलचित्र ‘बिर्खेलाई चिन्छस्’ले नेपालबाट आफ्नो लगानी सुरक्षित गरेको यसका निर्माता तथा नायक सुवास थापाले जनाएका छन् । सुवासले आफ्नो हातमा आउने रकम लगानी बराबरको हुने बताए । नेपालभरबाट यो सिनेमाले करिब ९० लाख हारहारीको ग्रस कलेक्शन गरेको वुझिएको छ । सुवासका अनुसार उनले विदेशमा पनि चलचित्रलाई राम्रै रकममा बेचिरहेका छन् । सुवासले अनलाइनखबरसँग भने-‘विदेशबाट आउने सबै रकम मेरा लागि फाइदा हो ।’ ‘कोहिनुर’को भेलले आधा दर्जन सिनेमालाई बगाउँदा ‘बिर्खेलाई चिन्छस्’ भने केही हदसम्म बचेको थियो । ‘कोहिुनर’ पछि सुवास थापाको ‘बिर्खेलाई चिन्छस्’ले राम्रो कमाई गरेको हल संचालकहरु बताउँछन् । यो चलचित्र भदौ २० गतेबाट प्रदर्शनमा आएको हो ।

0 comments for " उठायो त ‘विर्खे’ले लगानी ?"
Leave a reply