कांग्रेस-एमालेले संघीयता चाहेका छैनन् : प्रचण्ड
Posted by Crystal Filmy on Thursday, October 23, 2014 | 0 comments

६ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले संघीयता नै नचाहेको आरोप लगाएका छन् । ४-५ वटा प्रदेशको कुरा ल्याउनुले कांग्रेस-एमालेले संघीयता नचाहेको प्रष्ट हुने उनको दावी छ । ‘कांग्रेस-एमालेले संघीयतामा खेलाँची गरिरहेका छन्,’ नेपाल शेर्पा संघका प्रतिनिधिसँग लाजिम्पाटस्थित निवासमा विहीबार विहान भएको भेटमा अध्यक्ष प्रचण्डले भने, ‘उनीहरुको कुरा सुन्दा संघीयतामा जान तयार छैनन् भन्ने लाग्छ ।’
सत्तारुढ दल यही ढंगले अगाडि बढे राज्य पुनर्संरचनामा कुरा नमिल्ने भन्दै उनले पहिचान र संघीयता पक्षधर आन्दोलनमा जानुको विकल्प नहुने धारणा राखे ।
भेटमा सहभागि शेर्पा संघका सल्लाहकार लक्की शेर्पाका अनुसार प्रचण्डले शेर्पाहरुलाई आन्दोलनको लागि तयार रहन आग्रह गरेका थिए । प्रचण्डले अघिल्लो संविधानसभाको राज्य पुनसंरचना समिति र विज्ञ टोली सम्मिलित आयोगले गरेको १४ वा १० प्रदेशको खाकाबाट आफूहरु पछाडि नहट्ने बताएको शेर्पाले जानकारी दिए । १४ प्रदेश भए शेर्पा प्रदेश स्वतः हुने भन्दै प्रचण्डले १० प्रदेश पनि बहुपहिचानका आधारमा भए शेर्पालाई समेट्ने बचन दिएका थिए ।
0 comments for "कांग्रेस-एमालेले संघीयता चाहेका छैनन् : प्रचण्ड"
Leave a reply