सस्पेन्स थ्रीलर फिल्म 'स्केप'को नयाँँ प्रोमो रिलिज
Posted by Crystal Filmy on Wednesday, January 14, 2015 | 0 comments
सस्पेन्स थ्रीलर फिल्म 'स्केप'को नयाँँ प्रोमो रिलिज गरिएको छ । दुर्व्यसनीको कथा उठान गरेको यो फिल्मले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने निर्देशक अनन्त घिमिरेको भनाई छ । प्रदिप मिडिया प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रदीप खड्का, रीमा विश्वकर्मा, कमल श्रेष्ठ, रश्मी भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष कार्की, निश्चल खरेल, निश्चल लामा लगायतका कलाकारले अभिनय गरेका छन् । प्रदिप कार्कीको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान ढंगोलको छायांकन रहेको यो फिल्म माघ २३ गते रिलिज हुनेछ । फिल्मका निर्माता कमल श्रेष्ठले र अमित ढुंगाना हुन् ।
0 comments for "सस्पेन्स थ्रीलर फिल्म 'स्केप'को नयाँँ प्रोमो रिलिज"
Leave a reply