भविष्यमा द्वन्द्व नहुने खालको संविधान बनाउन राष्ट्रसंघका उपमहासचिवको आग्रह

Posted by Crystal Filmy on Wednesday, January 14, 2015 | 0 comments


पुष ३० गते
संयुक्त राष्ट्रसंघका उपमहासचिव जेफ्रे फेल््टम्यानले संविधान बनाउँदा भविष्यमा कुनै किसिमको द्वन्द्व नहोस भन्नेतर्फ सचेत हुन प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गर्नुभएको छ ।संयुक्त राष्ट्रसंघका उपमहासचिव फेल्टम्यानले आज प्रधानमन्त्री कोइरालालाई बालुवाटारस्थित उहाँकै निवासमा पुगेर भेटी द्वन्द्व निम्तिन नदिनका लागि सकेसम्म सहमतिबाटै संविधान बनाउन आग्रह गर्नुभएको हो ।उहाँले कतिवटा प्रदेश बनाउने र प्रदेश बनाउँदा केलाई आधार बनाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार नेपालका राजनीतिक दलहरुलाई नै भएको भन्दै संविधान जारी भएपछि नेपाल फेरि द्वन्द्वको बाटोमा नजाओस भन्ने राष्ट्रसंघको चाहना रहेको बताउनुभयो ।उहाँले नेपालको शान्ति प्रक्रियाको प्रशंसा गर्दै सहमतिका आधारमा संविधान जारी भइ शान्ति प्रक्रिया सफल हुनेमा राष्ट्रसंघ विश्वस्त रहेको बताएको प्रधानमन्त्रीका परराष्ट्र सल््लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।राष्ट्रसंघका उपमहासचिव फेल््टम्यानले लगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई पनि भेटेर सहमतिका लागि तयार हुन आग्रह गर्नुभएको छ । उहाँले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा पुगेर मोर्चाका नेतालाई भेटी सहमतिबाट बन्ने संविधान दिगो हुने भन्दै सबै उपेक्षित समुदायको भावना समेटिने गरी संविधान बनाउन सुझाव दिनुभयो ।मंगलबार अपरान्ह नेपाल भ्रमणमा आउनुभएका राष्ट्रसंघका उपमहासचिव फेल््टम्यानले मंगलबार नै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेटेर कुनैपनि वहानामा शान्ति प्रक्रियाबाट नबाहिरिन आग्रह गर्नुभएको थियो ।

0 comments for "भविष्यमा द्वन्द्व नहुने खालको संविधान बनाउन राष्ट्रसंघका उपमहासचिवको आग्रह"

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor