धुमपानको लत छुटाउन रगत जाँच महत्वपुर्ण

Posted by Crystal Filmy on Tuesday, January 13, 2015 | 0 comments


पुष ३० गते 
धुमपानको लतबाट छुटकारा पाउन रगत जाँच महत्वपूर्ण हुने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार रगत जाँचपछि धुमपानको लतबाट छुटकारा पाउन कुन विधि अपनाउँदा उपयुक्त हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।बेलायती मेडिकल जर्नलमा प्रकाशित शोधले धुमपान छोड्ने ६० प्रतिशतले एकहप्ता भित्रै फेरि धुमपान गर्ने गरेका देखाएको बिबिसीले जनाएको छ । अनुसन्धानकर्ताले चुरोटमा निकोटिनको मात्रा घटाउन सके धुमपानको लतबाट धेरैलाई छुटाउन सकिने बताएका छन ।निकोटिन, चुरोटमा सबैभन्दा धेरै लत लाग्ने तत्व हो । जब शरीरमा यसको मात्रा कम हुन्छ, तब निकोटिन थप आवश्यक्ता परेको महसुस हुने र चुरोट खान तलतल लाग्ने अध्ययनले देखाएको छ । निकोटिनको चाहना व्यक्ति अनुसार फरक फरक हुने पनि अध्ययनले देखाएको छ ।अनुसन्धानकर्ताले १ हजार २ सय ४० जनामा अध्ययन गरेपछि यस्तो प्रतिवेदन सार्वजनिक गरेका हुन । उनीहरुले अध्ययनमा सहभागी सबैको रगत परीक्षण गरी निकोटिनका बारेमा जानकारी लिएका थिए ।

0 comments for "धुमपानको लत छुटाउन रगत जाँच महत्वपुर्ण"

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor