टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिता (भिडियो)
Posted by Crystal Filmy on Wednesday, January 14, 2015 | 0 comments
काठमाडौं, पौष २६ ।
रोटरी क्लब अफ रुद्रमति काठमाडौंले विभिन्न रोट्रयाक्ट क्लबसँग मिलेर काठमाडौंको टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिताको आयोजना गरेको छ । मुगुको हितबडा गाविसका दुई सय महिलाहरुलाई निःशुल्क मोबाइल उपलब्ध गराउने उद्देश्यले पुराना मोबाइल संकलन गर्नेक्रममा यो प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै शनिबार उद्योगमन्त्री महेश बस्नेतले आफ्नो एउटा पुरानो मोबाइल दिएर प्रतियोगितामा सहभागी भए ।प्रतियोगिताबाट संकलन भएको पुरानो मोबाइलहरु बिक्री गरी मुगुका महिलाहरुलाई इन्टेक्स कम्पनीको नयाँ मोबाइल उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा महिला, पुरुष र बालबालिका गरी तीन विधा छुट्याइएको छ । तीनै विधामा सबैभन्दा टाढासम्म मोबाइल फ्याँकेर प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई क्रमशः इन्टेक कम्पनीको १४ हजार, १० हजार र ७ हजार रुपैयाँसम्म पर्ने मोबाइल पुरस्कारस्वरुप प्रदान गरिनेछ ।
0 comments for "टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिता (भिडियो) "
Leave a reply