संवाद समितिको प्रतिवेदन संबिधानसभामा पेश, अर्को बैठक माघ १ गते

Posted by Crystal Filmy on Tuesday, January 13, 2015 | 0 comments


पुष २९ गते 
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभामा पेश भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका सबैजसो सभासदको उपस्थिति रहेको संविधानसभाको आजको बैठकमा समितिका तर्फबाट जेष्ठ सदस्य सूर्यबहादुर थापाले प्रतिवेदन पेश गर्नुभयो ।निर्धारित समयभन्दा एक घण्टा ढिला बसेको बैठकमा समितिका सभापति डा बाबुराम भट्टराई पार्टीको निर्देशन अनुसार अनुपस्थित भएपछि जेष्ठ सदस्य थापाले प्रतिवेदन पेश गर्नुभएको हो ।संवाद समितिका सभापति डा भट्टराईले आज बिहान संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाउनु भएको थियो । भट्टराईले नेम्वाङको कार्यकक्षमै गएर प्रतिवेदन बुझाउनु भएको हो । उहाँ प्रतिवेदन बुझाए लगतै फर्कनु भएको थियो ।संविधानसभामा पेश गरिएको प्रतिवेदनमा दलहरुबीच संविधानका विवादित विषयमा सहमतिको नजिक पुगेपनि टुंगोमा पुग्न नसकेको व्यहोरा उल््लेख छ । प्रतिवेदन पेश गर्दै जेष्ठ सदस्य थापाले माघ ८ गते संविधान जारी गर्ने प्रतिवद्धताप्रति सबै राजनीतिक दल र सभासद गम्भीर हुनुपर्ने बताउनुभयो ।जेष्ठ सदस्य थापाले असहमतिको प्रतिवेदन पेश गरेसँगै संविधानसभाको बैठक जम्मा ४ मिनेट बसेर माघ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।

0 comments for "संवाद समितिको प्रतिवेदन संबिधानसभामा पेश, अर्को बैठक माघ १ गते "

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor