चितवन महोत्सवमा स्वस्थ बाल प्रतियोगिता
Posted by Crystal Filmy on Thursday, January 15, 2015 | 0 comments
चितवन,माघ १
अभिभावकलाई समेत असल मार्गमा जान प्रेरित गर्दै आएकी भरतपुर-२ क्षेत्रपुरकी प्रियांशा श्रेष्ठले स्वस्थ बाल प्रतियोगिताको उपाधी चुमिन् । चितवन महोत्सव अन्तरगत विहिवार भएको प्रतियोगितामा ५३ प्रतिष्पर्धीलाई उछिन्दै उनले उपाधी चुमिन् ।संभवत महोत्सव इतिहासमै पहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको महोत्सव आयोजक समितिले जनाएको छ । हामीहरुलाई नै सुझाव दिने गरेकी प्रियांशाले सोचे अनुसारकै नतिजा ल्याएको आमा ऐश्वर्नाले खुसी हुँदै भनिन् ।
स्वास्थ्य चेतनाका लागि चितवनमा स्वस्थ बाल (हेल्दी बेवी) प्रतियोगिता आज भएको हो । चितवन महोत्सवको अवसरमा यसरी विल्कुलै नयाँ कार्यक्रम गरिएको महोत्सवको स्वास्थ्य समितिका संयोजक ओलीले बताए । निको बाल अस्पताको सहआयोजना भएको कार्यक्रममा तुलिका एजुकेसन कन्सर्न र जानकी ईम्पेक्सले सहयोग गरेको थियो ।प्रतियोगितामा ५३ जना बालबालिकालाई सहभागि गराईएको थियो । प्रतियोगिताले बालबालिका प्रति अभिभावकको स्वास्थ्य चेतनामा बृद्धि हुने विश्वास लिईएको छ । ‘यो महोत्सवकै नयाँ र चेतनामुलक कार्यक्रम हो,’ स्टेरिंग कमिटिका सदस्य सचिव तथा उवासंघ चितवनका बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले भने , बालबालिकाको स्वास्थ्य शिक्षामा ध्यान दिन यसले मद्दत गर्ने छ ।
चिकित्सकका अनुसार पछिल्लो समयमा जङ्क फूड र परिवारको वेवास्ताले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । विशेष गरी शहरमा मोटा र पहाडमा कुपोषणका बच्चा देखिने गरेका छन् । प्रतिष्पर्धामा ३ देखि ६बर्षका बालकालिका सहभागि थिए । बालबालिकाको बृद्धिविकासमा अभिभावकले ख्याल गरुन् भनेर चेतना दिन कार्यक्रम गरिएको चितवन महोत्सव स्वास्थ्य समितिका सहयंयोजक हिरामान महर्जनले बताए । व्यस्तताका कारण अहिले आफ्ना बालबालिकालाई ख्याल गर्ने मानिसहरुको संख्या घट्दो छ । स्कुल गएका बालबालिकालाई तयारी खानेकुरा (जंकफुड) दिने प्रचलन बढिरहेको छ । यस्ता गतिविधि निरुत्साहित गर्नु कार्यक्रमको मुल उद्देश्य भएको महोत्सव संयोजक कल्याण जोशीले बताए ।
प्रतियोगितामा बालबालिकाको स्वास्थ्य ,उमेर अनुसारको तौल, उचाई, दाँत, खानाको गुणस्तर, मोटो पातलो, शिप, शिक्षा लगायत लाई आधार मानिएको डा. बानियाले बताए । विजेतालाई तह अनुसार उनीहरुलाई नै सहज हुने टेवल कुर्सी र खेलौना दिईएको थियो भने सहभागिहरुलाई प्रशंसापत्र र मायाँको चिनो उपलव्ध गराईएको थियो ।
0 comments for "चितवन महोत्सवमा स्वस्थ बाल प्रतियोगिता"
Leave a reply