चितवनका दुईवटै बोर्डर आउट पोष्टको निरीक्षण

Posted by Crystal Filmy on Wednesday, September 3, 2014 | 0 comments


रेनुका भुसाल,
चितवन, भदौं १८,
शसस्त्र प्रहरी बल सिमा सुरक्षा चितवनका नवनियुक्त प्रहरी उपरीक्षक शम्भुप्रसाद उप्रेती सहितको टोलीले चितवनका दुइवटै बोर्डर आउट पोष्टहरुको निरीक्षण तथा स्थानीय जनप्रतिनिधीहरुसंग अन्तरक्रिया गरेको छ ।
टोलीले नेपाल भारत अन्तरदेशीय सीमा सुरक्षा समेतको जिम्मेवारीसहित चितवनको दक्षिणी सीमा क्षेत्रमा रहेको माडीको छरछरे र बाँदरझुलामा स्थापित बोर्डर आउट पोष्टहरुको निरीक्षण गरेको हो । निरीक्षणसंगै दुईवटै पोष्टहरुमा स्थानीय जनप्रतिनिधीहरुसंग शसस्त्र प्रहरी बलको भूमिका र जिम्मेवारीहरुका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । निरीक्षण टोलीमा एसपी उप्रेतीसंगै शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक जनक पुरी र रेडियो माडीका निर्देशक देब ‘अञ्जान’ शाह लगायतको सहभागिता थियो ।
छरछरेस्थित क्याम्पमा आयोजित विशेष अन्तरक्रियामा सहभागीहरुले बि.ओ.पी. क्याम्पको स्थापनाबाट सोमेश्वरको नाकामार्फत हुनेगरेका तस्करी र आपराधिक गतिविधिहरुमा निकै कमी आएको र स्थानीय जनतामा शान्ती सुरक्षाको आभाष हुन सकेको धारणा व्यक्त गरेका थिए । उनीहरुले हाल अस्थायी आवासमा रुपमा सोमेश्वर मध्यवर्ती उपभोक्ता समितिको भवनमा बसेको क्याम्प प्राबिधिक दृष्टिले उपयुक्त हुने स्थानमा सार्नुपर्ने र सीमा अतिक्रमण रोक्न तथा सोमेश्वर गढीको संरक्षण गर्न खटिनुपर्नेमा जोड थिए ।

0 comments for "चितवनका दुईवटै बोर्डर आउट पोष्टको निरीक्षण "

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor