पहिरोले क्षति गरेको भन्दै भोटेकोसीले ६० करोड माग्यो

Posted by Crystal Filmy on Wednesday, September 3, 2014 | 0 comments


१९ भदौ, काठमाडौ । अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) भएको भोटेकोसी पावर कम्पनीले गत साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा भएको क्षतिको बिजुली उत्पादन ठप्प भई ६० करोड रुपैयाँ घाटा परेको भन्दै सरकारसँग रकम माग गरेको हो ।

कम्पनीले उर्जामन्त्री, उर्जासचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई यही भदो ११ गते पत्र पठाई घाटा क्षतिपूर्तिका लागि विद्युतगृह नचलेसम्म पीपीएको अवधि थप गर्न माग गरेको छ । ‘करिब ६० करोड रुपैंयाँ आय गुमेको हाम्रो अनुमान छ,’ भोटेकोसीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ, ‘सरकारले बिजुली उत्पादन हुन नसकेको दिनको गणना गरी पीपीए अवधि थप गर्न हामी अनुरोध गर्दछौं ।’ अन्नपूर्ण पोष्टमा खबर छ ।
प्राधिरकणले भने प्राकृतिक विपत्तिका कारण परेको क्षतिको जिम्मेवार आफू नहुने स्पष्ट पारेको छ । ‘उसले सरकारसँग दाबी गर्न सक्ला त्यो अर्को कुरा हो,’ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्रै पाण्डेले भने, ‘क्षति पुगेको प्रशारण लाइन उसको निजी सम्पत्ति हो, त्यसमा हाम्रो दायित्व रहदैन ।’ पहिरोले भोटेकोसीबाट विजुली प्रशारण गर्ने १३२ केभीका चारवटा टावर क्षतिग्रस्त भएकबो जनाउँदै कम्पनीले तिनलाई फेरि ठड्याउन १० करोड रुपैयाँ खर्च लाग्ने र उक्त रकम पनि सरकारले राहतस्वरुप उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

0 comments for "पहिरोले क्षति गरेको भन्दै भोटेकोसीले ६० करोड माग्यो"

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor