पूर्वप्रधानमन्त्री पत्नीको चेक फिर्ता

Posted by Crystal Filmy on Wednesday, September 3, 2014 | 0 comments


पाँचथर, भाद्र १८ - पूर्वप्रधानमन्त्री झलनाथ खनालको लगानी रहेको माछापुच्छ्रे हर्बल प्रालिको आठ लाख २१ हजार एक सय ८० रुपैयाँको चेक बाउन्स (फिर्ता) भएको छ। पाँचथर भारपाका गजेन्द्र इधिंगोलाई जडिबुटी प्रशोधनसम्बन्धी काम गर्ने हेटौंडाको उक्त कम्पनीले दिएको चेक बैंकमा रकम नभएर तीन पटकसम्म फिर्ता भएको हो। कम्पनीकी प्रबन्ध निर्देशक तथा खनाल पत्नी रविलक्ष्मी चित्रकारले दिएको इन्फ्रस्ट्रक्चर डेभलपमेन्ट बैंक हेटौंडाको खाताबाट काटिएको ०६६००६१०१००००९८६८०००००१ नम्बरको चेक एसबीआई बैंक बिर्तामोडबाट साट्न खोज्दा रकम नै नभएको पाइएको थियो। कम्पनीका प्रतिनिधि इधिंगोले लौठसल्ला बिक्रीबापत गत साउन ३ मा उक्त चेक लिएका थिए। रकम नभएर चेक नसाटिएपछि किसानलाई संकलित लौठसल्लाको भुक्तानी दिन नसकिएको उनले बताए। आफूले पटकपटक सम्पर्क गर्दा भोलि/पर्सि खातामा रकम हालिदिन्छु भनेर झुक्याउने गरिएको उनले बताए।प्रबन्ध निर्देशक चित्रकारले आफूले खातामा रकम हाल्न प्रयास गरे पनि कम्पनीको गिर्दाे अवस्थाका कारण नसकेको टेलिफोनमा कान्तिपुरलाई बताइन्। 'धेरै प्रयास गरिहेको छु, सकेको छैन,' उनले भनिन्, 'पैसा जुट्नेबित्तिकै हाल्दिन्छु भनेकै छु, बेकारमा होहल्ला गर्नु उचित होइन।'

0 comments for "पूर्वप्रधानमन्त्री पत्नीको चेक फिर्ता"

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor