के संयुक्त अधिराज्यको अवसान हुने दिन आजै हो?

Posted by Crystal Filmy on Thursday, September 18, 2014 | 0 comments


असोज २ - 'के संयुक्त अधिराज्यको अवसान हुने दिन आजै हो?' यो बेलायती पत्रिका डेली मेलको अनलाईन संस्करणले बिहीबार आफ्नो मुख्य समाचारको शीर्षक हो । यसले पनि देखाउछ बिहीबार हुन गैरहेको जनमत संग्रहले बेलायतको भविष्यमा कति प्रभाव पार्न सक्छ । संयुक्त अधिराज्यको अधिनमा रहने वा स्वतन्त्र राष्ट्र बन्ने भन्ने विषयमा स्कटल्याण्डका नागरिकले मतदान गर्दैछन्। वेल्स, उत्तरी आयरल्याण्ड र स्कटल्याण्ड बेलायतमा गाभिएर बनेको संयुक्त अधिराज्यको भौगोलिक र राजनैतिक स्वरूप नै परिवर्तन गर्न सक्ने जनमत संग्रहमा मतदाताले "स्कटल्याण्ड एक स्वतन्त्र राष्ट्र बन्नु पर्छ कि पर्दैन?" भन्ने प्रश्नमा "हुन्छ" वा "हुन्न" भनि मतदान गर्नेछन्।
बिहीबार स्थानीय समय अनुसार बिहान सात बजेदेखि राती १० बजेसम्म मतदान हुनेछ। कूल मतदाताको ९७ प्रतिशत मतदाता नामावलीमा सूचीकृत रहेका छन्। जनमत संग्रहमा मतदाताको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको छ। जनमत संग्रहका लागि स्कटल्याण्डका दुई हजार ६०८ मतदान केन्द्र राखिएका छन् भने शुक्रबार बिहानसम्ममा नतिजा आउने आशा गरिएको छ। प्रमुख मतगणना अधिकृत मेरी पीथकैथ्लीका अनुसार शुक्रबार 'ब्रेकफाष्ट'को समयसम्ममा जनमत संग्रहको नतिजा सार्वजनिक हुनेछ ।मतदान अघि गरिएको सर्वेक्षणले "थाहा छैन" भन्ने अनिर्णित स्कटिशहरूको मत नै निर्णायक हुने देखाएको डेली मेलको अनलाईन संस्करणले लेखेको छ। सर्वेक्षणले "हुन्न" भन्ने पक्षलाई दुईदेखि छ मतको अग्रता देखाएको छ । जसले गर्दा स्कटल्याण्डलाई विश्वको १९७औं स्वतन्त्र राष्ट्रका रूपमा उभ्याउने प्रयासमा रहेका स्कटल्याण्डका फर्ष्ट मिनिष्टर एलेक्स सालमण्डलाई करिब एक लाख ७० हजार अनिर्णित मतदाताहरूलाई आफ्नो पक्षमा ल्याउनु पर्ने हुन्छ । अहिले विश्वमा १ सय ९६ स्वतन्त्र राष्ट्रहरू छन्। स्मरणीय छ, धेरैले स्वतन्त्र राष्ट्रका रूपमा नलिने भएकाले ताईवानलाई नगन्ने हो भने अहिले विश्वमा १ सय ९५ राष्ट्रहरू छन् ।

0 comments for "के संयुक्त अधिराज्यको अवसान हुने दिन आजै हो?"

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor