एमाले चितवनले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

Posted by Crystal Filmy on Thursday, September 18, 2014 | 0 comments


चितवन, असोज २,

नेकपा एमाले जिल्ला कमिटि चितवनले नेपालीहरुको महानपर्व दशै, तिहार, छठ र इदका अवसरमा बृहत शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
असोज ११ गते शनिवार बिहान ११ बजे जिल्ला पार्टि कार्यालयमा हुने शुभकामना कार्यक्रमलाई व्यवस्थित बनाउन एमाले जिल्ला उपसचिव पार्वती रावलको संयोजकत्वमा ७ सदस्यीय समिती नै गठन गरि काम अघि वढाएको छ । शुभकामना कार्यक्रमलाई सम्वोधन गर्न एमाले केन्द्रिय पदाधिकारी आउने संयोजक रावलले जानकारी दिनुभयो ।
संयोजक रावलका अनुसार एमाले पार्टिको आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत नै गर्न शुभकामना आदान प्रदान कार्यक्रम राखिएको हो । कार्यक्रममा अन्य राजनैतिक दलका प्रतिनिधी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, नागरीक समाजका ब्यक्तित्वहरु, पेशागत संगसंगठनका प्रतिनिधीहरु, छिमेकी जिल्लाका पार्टि प्रमुखहरुलाई आमन्त्रण गरिने संयोजक पार्वती रावलले जानकारी दिनुभयो ।

0 comments for "एमाले चितवनले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने"

Leave a reply

Siraichuli News

Siraichuli News

Siraichuli FM Online Video

Video Code Missing

Featured Programs

Recent News

Sponsor